दफा ११
सचिवालय सचिवको काम, कर्तव्य र अधिकार
(१) सचिवालय सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) महासचिवलाई प्रशासकीय कार्यमा सहयोग गर्ने,
(ख) सचिवालयको वार्षिक बजेट, कार्यक्रम र योजना तयार पारी महासचिव समक्ष पेश गर्ने,
(ग) सचिवालयको चल अचल सम्पत्तिको रेखदेख स्याहार र सम्भार गर्ने,
(घ) आफू मातहतका महाशाखा अन्तर्गतका कर्मचारीहरुको कामको सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गर्ने,
(ङ) महासचिवको निर्देशन अनुसार अन्य काम गर्ने ।
(२) सचिवालय सचिवको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।